एमाले धादिङ विवाद : अधिवेशन स्थगित नभएको दाबी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमाले धादिङको जिल्ला कमिटीको अधिवेशन स्थगित नभएको अध्यक्ष भूमि त्रिपाठीले जनाएका छन् ।

बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले कुटाकुटपछि अधिवेशन स्थगित भएको विज्ञप्ति जारी गरे लगत्तै त्रिपाठीले अर्को विज्ञप्ति जारी गर्दै २०८० माघ १९ गते देखि जारी नेकपा(एमाले) धादिङको नवौँ जिल्ला अधिवेशनको बन्द सत्र सञ्चालन भई रहेको बताएका हुन् ।

उनले केही अनधिकृत र उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा(एमाले) धादिङको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

  • २१ माघ २०८०, आईतवार १३:०६ प्रकाशित