एमाले संसदीय दलको बैठक आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । शनिबार र आइतबार बस्नेगरी बैठक बोलाइएको एमालेका सचेतक महेश बर्तौँलाले बताए ।

उनका अनुसार बैठक शनिबार दिउँसो १२ बजे ल्होत्से हलमा बैठक सुरू हुनेछ । सोमबारदेखि सुरू हुने हिउँदे अधिवेशनको विषयमा केन्द्रित रहेर बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूलाई पछिल्ला समसायिक विषयमा प्रशिक्षण गर्ने उनले बताए ।

सरकारले यो अधिवेशनबाट टीआरसीसहित महत्वपूर्ण विधेयक टुंग्याउने तयारी गरेको छ । आजैमात्र पनि अधिवेशनको संघारमा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।

  • १९ माघ २०८०, शुक्रबार १५:५९ प्रकाशित