हिउँदे अधिवेशनका लागि संसद् भवनमा तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

हिउँदे अधिवेशनका लागि संसद् भवनमा आवश्यक तयारी गरिएको छ । माघ २२ गतेदेखि हिउँदे अधिवेशन सुरु हुने भएपछि आवश्यक तयारी गरिएको हो ।

यसैबीच सङ्घीय संसद् सचिवालयका कार्यवाहक महासचिव पदमप्रसाद पाण्डेयले बुधबार संसद् भवनको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले संसदमा आफ्नो प्रस्तुतिका विषयमा कर्मचारीहरूसँग सुझाव मागेका थिए ।

उनले कोरोना महामारीका बेलामा राष्ट्रियसभा हलमा सांसदहरू बस्ने कुर्सीमा राखिएको सङ्केत चिन्ह हटाउन समेत कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

  • १७ माघ २०८०, बुधबार १४:१९ प्रकाशित