प्रहरीमा जागिर खुल्यो, इन्स्पेक्टर,प्रहरी जवानदेखी धोबी सम्मको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रहरीले ठुलो संख्यामा जागिरको लागि आवेदन खुला गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर प्रहरी प्रधान कार्यालयले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरेको छ।

इच्छुकहरूलाई आवदेन दिन पनि प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ।साथै एक सय ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) माग गर्दै आवेदन खुला भएको छ।

इन्सपेक्टरमा १३ महिलाको लागि आवेदन खुला गरिएको छ । प्रहरी कार्यालयमा भान्छेका लागी १६३,हजाम १०,सिलाई बुनाई १०, कुचिकार १० र धोबी १० जनाको माग गरिएको छ ।

प्रहरी निरीक्षक, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला र समावेशी प्रावधानअनुसार पदपूर्ति गर्ने गरी आवेदन खुला गरिएको छ।

  • १० मंसिर २०७८, शुक्रबार १०:०३ प्रकाशित