राष्ट्रिय सभा निर्वाचन

गण्डकीमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा, अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार र अन्यतर्फ किरणबाबु श्रेष्ठ विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा मनरुपाले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी हुन् ।

विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाइन् । उनलाई स्थानीय तह तर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । गठबन्धनको स्थानीय तहतर्फ १ सय १ जना जनप्रतिनिधिमध्ये ५ जनाले विपक्षीलाई मतदान गरेका हुन्

यस्तै कांग्रेसका पदमबहादुरले ३ हजार ७ सय ७४ मतभार पाएर विजयी भएका हुन् । परियारलाई स्थानीय तहतर्फ १०१ र प्रदेशसभातर्फ ३५ जनाले मत दिएका थिए ।

विपक्षी एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । अपाङ्गता कोटामा ३ मत बदर भएको छ ।

यस्तै किरणबाबुले तीन हजार ८ सय ८ मत विजयी भएका हुन् ।श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत दिएका थिए ।विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए ।

  • ११ माघ २०८०, बिहीबार १७:०२ प्रकाशित