फाइजर खोप किन्न बाधक बनेको खरिद ऐनमाथि सरकारद्धारा बाधा अड्काउ फुकाउ आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोरोना विरुद्धको खोप किन्नका लागि खरिद ऐब बाधक बनेपछि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ ।

सरकारले अमेरिकी खोप निर्माता कम्पनी फाइजरसँग सोझै ६० लाख नौ सय डोज खोप खरिद गर्न ऐनको प्रावधान अनुकुल नभएपछि आदेश जारी गरेको जनाएको छ।

सम्बन्धित खोप निर्माता कम्पनीले कार्य सम्पादन र पेश्की जमानत नराखी अग्रिम भुक्तानी भएमा मात्रै खोप आपूर्ति गर्ने शर्त तेर्स्याएपछि सरकारले बाधा अड्काउ फुकाउ आदेश जारी गरेको हो।

उक्त शर्तअनुसार ऐनमा कार्य सम्पादन र पेश्की जमानत नराखी अग्रिम भुक्तानी गरी खरिद गर्ने प्रावधान नभएकाले स्वास्थ्य सेवा विभागले एकपटकका लागि फाइजर खोप किन्न लागेको व्यहोरासहित राजपत्र प्रकाशित गरेको छ।

उत्पादक कम्पनीसँग वार्ता गरी विभागले खोपको मूल्यमा कार्य सम्पादन र पेश्की जमानत विना अग्रिम भुक्तानी गर्ने आवश्यक रकम नेपाल राष्ट्र बैंकबाट उपलब्ध गराउने जनाएको छ।

  • ९ मंसिर २०७८, बिहीबार १५:४१ प्रकाशित