पोखरा ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घटना भएको क्षेत्रमा पोखरा महानगर झोलुंगे पुल बनाउने बताएका छन् ।
बाह्रौं पोखरा महोत्सवको समापन समारोहमा बोल्दै मेयर आचार्यले अघिल्लो वर्ष पोखरा महोत्सव सञ्चालन भइरहदाँ माघ १ गते पोखराको सेती खोँचमा यती एयरलायन्सको जहाज दुुर्घटना भएको स्मरण गर्दै महानगरले उक्त क्षेत्रमा स्मृति स्तम्भ निर्माण गसिकेको र उक्त ठाउमा पोखरा महानगरले जहाज दुर्घटना स्थललाई पर्यटकीय गन्तब्य बनाउने गरि झोलुंगेपुल निर्माण गर्ने र उक्त काममा यूनाइटेड क्लबसंग सहकार्य गर्ने प्रतिवद्धता समेत गरे ।
महानगरले जहाज दुर्घटना भएको क्षेत्र पोखरा १५ र १७ को बीचमा पर्ने सेती नदी माथी झोलुंगेपुल निर्माण गर्ने र उक्त पुल निर्माणमा यूनाइटेड क्लब संग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ रहेको थियो । त्यस्तै यूनाइटेड क्लबले पोखरा महानगरभित्र देखिने गरी कुनै एक काम गरेमा उक्त काममा पनि महानगरले सहयोग गर्ने उनको भनाइ रहेको थियो ।












