पोखरा ।
लमजुङमा आइतबार साँझ जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।ज्यान गुमाउनेमा दोर्दी गाउँपालिका वडा नं. ४ का ५४ वर्षीय पूर्णबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा दोर्दी गाउँपालिका वडा नं। ४ की ५४ वर्षीया गंगामाया गुरुङ र ४७ वर्षीया मनी तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उनीहरुको अवस्था मध्यम रहेको छ ।
घाइतेको हाल सदरमुकाम बेशीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको दोर्दी गाउँपालिका वडा नं। ४ नौथर सेराबाट कामचोक जाँदै गरेको ग१ज ७५६१ नम्बरको बोलेरो जिप चौतारो मुनितिर दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।












