जिसस कास्कीद्वारा कसेरीमा निर्माणाधीन पुलको अनुगमन

केन्द्रभाग मिडिया

पोखरा ।

जिसस कास्कीले कसेरीमा बन्दै गरेको पुलको अनुगमन गरेको छ।

प्रमुख लिलाधर पौडेल नेतृत्वमा काहुँखोला – बिजयपूर – काफलघारी सडक अन्तर्गत पोखरा महानगरपालिका वडा न १३ र २८ जोड्ने विजयपुल खोला ,कसेरीमा निर्माणाधीन पूलको अनुगमन गरेको हो ।

उपप्रमुख सरिता माल ,जिल्ला समन्वय अधिकारी नवराज बराल , सदस्य राजु अधिकारी, हर्क बहादुर गुरुङ, सडक डिभिजन कार्यालयका प्रमुख नवराज बास्तोला सहित प्राविधिक इन्जिनियर सम्मिलित अनुगमन टोलीले आयोजनाको निर्माण प्रक्रिया सहित अन्य प्राविधिक पक्षको जानकारी लिएको थियो।

सो अवसरमा प्रमुख लिलाधर पौडेलले हालसम्मको कार्य प्रगति सन्तोषजनक पाइएको बताउँदै अबको बाँकी कार्यमा गुणस्तरमा ध्यान दिदै समयमै निर्माण सम्पन्न निर्माण व्यवसायी ,र प्राविधिक सहित स्थानीय सरोकारवालाहरूलाई आग्रह गरे ।

वि.स.२०७२ सालमा निर्माण कार्य शुरूभएको सो पूलको निर्माण कम्पनीको लापरबाहीका कारण उक्त कम्पनीसँगको सम्झौता रद्ध गरि नयाँ सम्झौता अनुसार निर्माण कार्य अगाडि बढेको बताइएको छ ।

हाल धनथान भिमज्योति कन्स्ट्रक्सन भरतपुरले निर्माण गरिरहेको सो पुल २०८० असारमा सम्झौता भएर २०८२ फागुन मसान्त भित्र करिब ७ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।

  • ७ माघ २०८०, आईतवार १५:२७ प्रकाशित