माघ २४ गतेसम्म मस्यौदामाथि लिखित सुझाव दिन माओवादीको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

माओवादी केन्द्रको प्रस्तावित मस्यौदा विधानमाथि माघ २४ गतेसम्म आफ्ना सुझाव र सल्लाह पठाउन पार्टीले निर्देशन दिएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार लिखित रूपमा सुझाव केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई परिपत्र जारी गरेको हो ।

उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले बनाएको ‘मस्यौदा विधान–२०८०’ माथि माघ २१ सम्म छलफल गर्न वडा, पालिका, जिल्ला र प्रदेशमा पठाइएको छ । विधान अधिवेशनको लागि प्रतिनिधित्वको व्यवस्था समेत तोकिएको छ ।

केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला संयोजकहरू, महानगरका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय जवस-मोर्चाका प्रमुखहरू विधान अधिवेशनका प्रतिनिधिहरू विधान अधिवेशनका लागि प्रतिनिधि तोकिएका छ ।

मस्यौदामाथि आएका सुझावलाई माघको अन्तिम सता बस्ने स्थायी समिति बैठकले परिमार्जन सहित पारित गर्नेछ । माओवादीले फागुन १ गतेदेखि ३ गतेसम्म राजधानीको प्रज्ञा भवनमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

  • ४ माघ २०८०, बिहीबार १४:२६ प्रकाशित