काठमाडौं ।
राजनीतिक दललाई हार गुहार गरिरहेको आन्दोलनरत बार एसोसिएसनले आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्च पास गर्ने भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदमुक्त गर्न माग गर्दै नेपाल बार एसोसिएसन, बृहत् नागरिक आन्दोलनसहित विभिन्न पेशागत संघसंस्थाले संयुक्त मार्चपास गर्ने भएका हुन् ।
नेपाल बार एसोसिएन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल आदिवासी जनजाति महासंघ र बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश राणाविरुद्ध सिंहदरबारदेखि बालुवाटारसम्म संयुक्त रूपमा ‘न्याय मार्च’ गर्न लागका हुन्।
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै सर्वोच्च अदालतको गेटबाट बिहीबार दिउँसो २ बजे सुरू हुने न्याय मार्चपास वालुवाटार पुगेर सकिनेछ।