पोखरा ।
नेपाली कांग्रेस कास्कीको सभापतिमा महिला नेतृ सरस्वती गुरुङले उम्मेदवारी दिने घोषण गरेकी छन् । महाधिवेसन प्रतिनिधिमा निर्वाचित भए पछि नेतृ गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
उनी हाल कांग्रेसको नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य हुन् । २०७४ सालमा कांग्रेसको तर्फबाट पोखरा महानगरको उपमेयरमा पराजीत भएकी थिईन् । गुरुङले महिला सभापतिको इतिहास रच्न आफुले सभापति उम्मेदवारी दिने बताएकी छिन् । कास्कीमाअहिलेसम्म महिला सभापति बनेका छैनन् ।
फेसबुका स्टाटसमा उनले लेखेकी छन्, महाधिवेसन प्रतिनिधि बनेपछि राजनीतिको माथिल्लो उम्मेदवारीको गेट पनि स्वतः खुला हुन्छ । म धेरै सल्लाह र छलफलपछि कास्की जिल्लाको सभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेकी छु ।’