काठमाडौं ।
सरकारकाे नेतृत्व गरिरहेकाे दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान मस्यौदा समितिले शुक्रबार प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए छन्।
माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गर्दैछ । सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने माओवादीले जनाएको छ ।
माओवादीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो ।













