कांग्रेसले अघि सारेको समाजवाद काल्पनिक हो : माधव नेपाल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको मान्यता साझा भए पनि नेपाली कांग्रेसले अघि सारेको समाजवाद काल्पनिक पुँजीवादी र उदारवादी भएको बताएका छन् ।

बुधवार पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले भनेको समाजवादले मात्रै गरिब र उत्पीडनमा परेका वर्गलाई उत्थान गर्ने बताए ।

‘कांग्रेसको समाजवाद काल्पनिक, पुँजीवादी र उदारवादी छ । हाम्रो समाजवाद क्रान्तिकारी, वैज्ञानिक समाजवाद हो’, उनले भने, ‘यसले गरिब, दिन दुःखी, अन्याय अत्याचार, शोषण र उत्पीडनमा परेकाहरूको उद्धार गर्छ’, अध्यक्ष नेपालको भनाइ छ ।

  • २५ पुष २०८०, बुधबार १५:४२ प्रकाशित