गण्डकीमा राप्रपाका उम्मेदवारले पनि गरे मनोनयन दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी दिएको छ ।

राप्रपाले २ सिटमा उम्मेदवारी दिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यतर्फ कास्कीका रोमबहादुर भण्डारी र महिलातर्फ तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

गण्डकीमा राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० गते सकिदैछ ।

  • २३ पुष २०८०, सोमबार १५:३० प्रकाशित