राष्ट्रियसभा निर्वाचन

सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष बिहिन

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रिय सभामा रिक्त हुने १९ सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार दलहरुले आफ्नो दलका लागि धेरै सिट चाहिने अडान लिएपछि बैठक निष्कर्ष बिहिन भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्तिको बैठकमा दलहरुले बढी सिट मागेपछि कुरा नमिलेको उनले बताए ।

  • २१ पुष २०८०, शनिबार २०:०४ प्रकाशित