एमालेले माग्यो राष्ट्रियसभाका ६ सिट

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभाको माघ ११ गते हुने निर्वाचनमा ६ सिट मागेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले ६ सिट मागेको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका हुन् ।

‘एमालेले राष्ट्रियसभाका ६ सिट मागेको छ । शान्ति प्रक्रिया टुंग्याउन एमालेलाई पनि सहमतिमै लिएर जाउ भन्ने मेरो प्रयास हो, के गर्न सकिन्छ रु’, गठबन्धनको बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले भनेका थिए ।

तर गठबन्धनमा रहेका अन्य दलले एमालेले पहिला पनि संसदीय समितिमा आफुले भाग पाए टीआरसी विधेयक अघि बढाउने बताएर २ वटा समिति दिएपनि पछि बहानावाजी गरेको बताएका थिए ।

यद्यपि चार दलबिचको एकतामा असर नगर्ने गरी राष्ट्रियसभामा एमालेलाई पनि सँगै लैजान सकिनेमा नेताहरूले जोड दिएका थिए । बालुवाटार बैठकमा प्रमुख प्रतिपक्ष दल राजनीतिक ढङ्गले उभिने हो वा सिट लेनदेन गरेर हात थापेर बाच्ने हो रु भन्नेबारे पनि गठबन्धनमा छलफल भएको छ ।

  • १९ पुष २०८०, बिहीबार १४:२९ प्रकाशित