भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको ड्राफ्ट तयार

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल सरकारले भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको ड्राफ्ट तयार गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौता गर्न ड्राफ्ट तयार गरेको हो ।

ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले नेपाल र भारतबिच हुने दीर्घकालीन सम्झौतामा ऊर्जा सचिव गोपाल प्रसाद सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले सम्झौता गर्ने बताए । उनका अनुसार भारतीय विदेश मन्त्रीको उपस्थितिमा दुई देशका ऊर्जा सचिवले प्रारम्भिक सम्झौतालाई अन्तिमरुप दिनेछन् ।

  • १८ पुष २०८०, बुधबार १६:५५ प्रकाशित