काठमाडौँ ।
पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको मूल मर्मलाई रक्षा गरेर नतिजा दिनुपर्ने बताएका छन् ।
उनले संविधान रुपी बिरुवा टाक्सिएर बसेकाले युवाहरु आक्रोशित बनेको समेत बताए । उनले अहिले तँ–तँ र मम भन्ने बेला नभएको भन्दै सबैले लोकतन्त्र र समाजवादमा आधारित शक्ति बनेमात्रै नेपालको लोकतन्त्र सुदृढ गर्ने बताए ।
सोमबार कांग्रेसले मेलमिलाप दिवसका अवसरमार आयोजना कार्यक्रममा बोल्दै डा. भट्टराईले संविधान, नेता र व्यवस्थाप्रति आक्रोश बढेको विषयलाई गम्भीरतापूर्वक लिएर सहमति गर्नुपर्ने बताए ।
उनले राजतन्त्रको भूतबाट तर्सिनुनपर्ने भन्दै शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताए । तत्कालको समस्या समाधान गर्न उनले जर्मनी मोडलमा प्रमुख दलहरुको संयुक्त सरकार बनाउन सकिने पनि बताए ।
त्यसबाहेक उनले स्वीटजरल्याण्डको जस्तो पूर्ण समानुपाती निर्वाचन प्रणाली अपनाएर पनि जान सकिने अर्को प्रस्ताव सुनाए । उनले त्यो गर्न नसक्ने भए प्रत्यक्ष राष्ट्रपति निर्वाचन प्रणालीमा नगए यो देश नबन्ने बताए ।













