पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६९ रुपैयाँ १० पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ९१ पैसा र बिक्रीदर २९ रुपैयाँ ०४ पैसा रहेको छ ।