एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मलेन गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् । । महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

नेकपा एमालेको आसन्न दसौं महाधिवेशनमा केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्षतामा धक्का लागेको छ । ओलीलाई चुनौती दिँदै उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदवारी घोषणा गरेपछि नयाँ मोड सिर्जना भएको छ।

अहिलेसम्म पार्टीभित्रको समीकरण र महाधिवेशन प्रतिनिधि छनौटलाई आधार मान्दा रावलको दाबेदारीले ओलीको विजय रोक्न सक्ने अवस्था नदेखिए पनि यसले एमालेभित्र ओलीको निर्विकल्पतालाई पन्छाइदिएको छ।

रावलले उम्मेदवारी घोषणा नगर्दासम्म ओलीसहित सबै पदाधिकारी सर्वसम्मत चुनिने सम्भावना जीवितै थियो। अब भने रावलले आफ्नो उम्मेदवारी कायमै राखे त्यो सम्भावना टरेको छ।

महाधिवेशनबारे छलफल गर्न एमालेको स्थायी कमिटी बैठक  पनि आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने नेता तामाङले जानकारी दिए । एमाले महाधिवेशन १०(१२ मंसिरमा चितवनमा हुँदैछ ।

विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् ।

बैठकमा महाधिवेशनको तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ । एमालेले सोमबार स्थायी कमिटी डाकेको थियो । तर नेताहरुको कार्यव्यस्तता भन्दै बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

  • ७ मंसिर २०७८, मंगलवार ०९:४५ प्रकाशित