गृहजिल्लामै कमजोर बने गृहमन्त्री खाँणः भरत शाहको बदला, बनाए छुट्टै प्यानल

केन्द्रभाग मिडिया

रूपन्देही ।

गृहमन्त्री तथा नेपाली काँग्रेसको संस्थापन समूहको केन्द्रमा बलियो मानिएका नेता बालकृष्ण खाँण गृहजिल्लामा कमजोर बनेका छन् ।

आफ्नै समूहमा रहेका नेता भरत शाहले जिल्लामा अलग समूह बनाएपछि उनी कमजोर बनेका हुन् । पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा अहिलेसम्म क्षेत्र नम्बर १ मा मात्र उनको समूह विजयी भएको छ ।

नेपाली कांग्रेसको रुपन्देही क्षेत्र नम्बर १ मा बालकृष्ण खाँण समूहका हिरा केसी निर्वाचित भएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको अधिवेशनबाट केसी पुनः क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्।सभापतिमा विजयी केसीले २९६ मत प्राप्त गरेका थिए भने यादवले २१५ मत प्राप्त गरेका थिए ।

भरत शाहले नयाँ प्यानल बनाएर बालकृष्ण खाँणसँग बदला लिन खोजेका छन् ।

  • ७ मंसिर २०७८, मंगलवार ०९:२७ प्रकाशित