देउवाको गृहजिल्लामा भीमबहादुर साउद बने सभापति

केन्द्रभाग मिडिया

काठमाडौं।

विवादका बीच डडेल्धुरामा नयाँ नेतृत्व चयन भएको छ ।

वडा अधिवेशनदेखि नै विवाद भएको प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा विवादकै बिच नयाँ नेतृत्व चयन भएको हो। सोमबार भएको काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिबेशनबाट ७३४ मत ल्याएर भीमबहादुर साउद सभापतिमा निर्वाचित भएका हुन् ।

परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउदको पुरै प्यानल नै विजयी भएको छ। साउदले सभापतिका अर्का प्रत्यासी चूडामणि ठकुराठीलाई ६५८ मतले पराजित गरेका हुन् ।

यस्तै सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

  • ७ मंसिर २०७८, मंगलवार ०८:५२ प्रकाशित