राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन

काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्छ : प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गरेका छन् । आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।

उनले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गरेका छन् ।

प्रचण्डले एक वर्षे कार्यकालमा कयौँ उपलब्धि भएको सुनाउँदै अबको २०८० को दशकलाई विकासको दशक बनाउने पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले संघीय सरकारले बनाउनुपर्ने कानुनहरू छिटो बनाउने समेत संकेत गरेका छन् ।

मुख्यमन्त्रीहरूलाई संघीयताका गाँठा फुकाउने विश्वास दिलाए । ‘पछिल्लो समय प्रदेशका मुख्यमन्त्रीहरूको असन्तुष्टि मैले सुनेको छु र बुझेको पनि छु,’ उनले भने, ‘म यही सम्बोधनबाट उहाँहरूलाई विश्वास दिलाउँछु ‘संघीयताका गाँठा निकै छिटो फुकाइँदैछन् ।’

राष्ट्रिय समन्वय परिषदको पहिलो बैठक आफूले नै डाकेको उनले बताए । संघ, प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा देखिएको दोहोरोपन हटाइने पनि उनले बताएका छन् ।

 

प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्ण पाठ हेर्न क्लिक गर्नुहोस् ।

  • १० पुष २०८०, मंगलवार १८:३९ प्रकाशित