काठमाडौं ।
उद्योगीपति विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका निर्वाचन समितिले जानकारी दिएको छ ।