पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरस्थित विन्द्यवासिनी माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन भएको छ। विद्यालय प्रांगणमा शनिबार आयोजित शिक्षक तथा अभिभावकहरुको भेलाले भीमप्रसाद पौडेलको अध्यक्षतामा मावि बाटुलेचौर शिक्षक अभिभावक संघ गठन गरेको हो । यसपटकसंगै पौडेल पटक(पटक गरेर तीन पटक अध्यक्ष बनेका छन् ।
उक्त समितिका अन्य सदस्यहरुमा अञ्जना तिमिल्सिना, मनोहरि आचार्य, सृष्टि पुन, देवी पुरी, रुपा नेपाली, मिना पौडेल र शोभा पौडेल रहेका छन्। सोही भेलाले विद्यालय संचालनमा सहयोग गर्न विभिन्न उपसमितिहरु पनि बनाएको छ।
भेलाले सरिता अधिकारीको संयोजकत्वमा स्वास्थ्य तथा मानोपरामर्श उपसमिति, रमेश त्रिपाठीको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति, बिष्णु अर्यालको संयोजकत्वमा निर्माण उपसमिति र रमा आचार्यको संयोजकत्वमा खरिद तथा लिलाम उपसमिति गठन गरेको छ।
त्यस्तै सोही भेलाले जयलाल भट्टराईको संयोजकत्वमा तारा अधिकारी र लोकनाथ शर्मा भट्टराई सदस्य रहेको षःआईह्ईख गुणस्तर तथा योजना तर्जुमा उपसमिति गठन गरेको विद्यालयका प्राचार्यरप्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले जानकारी दिए।
कार्यक्रमको अन्त्यमा अध्यक्षका प्रत्यासी डिल्लीराम पौडेलले पुनस् अध्यक्ष चुनिएका पौडेललाई बधाई दिदै आफु आगामी दिनहरुमा पनि सहयोगी भएर लाग्ने वचन दिएका थिए।
पोखरा १६ का वडाध्यक्ष अमृतप्रसाद तिमिल्सिना र वडा सदस्य मन्जु नेपालीले नवगठित शिक्षक अभिभावक संघले विद्यालयको उत्तरोत्तर प्रगतिका लागि निरन्तर लागि रहने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
सोही अवसरमा वडाध्यक्ष तिमिल्सिनाले विद्यालयको शिक्षामा गुणस्तर बृद्ध गर्न र भौतिक उन्नतिका लागि विन्द्यवासिनी मावि र चण्डिका प्राथमिक विद्यालयलाई समायोजन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिएका थिए। उनले दुई वटा विद्यालय समायोजन भए पछी मात्र लगत्तै विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउने जानकारी दिए।
स्मरण रहोस, वडा कार्यालयबाट शिफारिश आउनु पर्ने सदयाहरुको नाम उपलब्ध हुन नसक्दा बिगत एक वर्षदेखि बिन्द्याबासिनी मावि बाटुलेचौरमा विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउन सकिरहेको छैन।