काठमाडौं ।
नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई १ सय ३३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनमा समेटिएको हो ।
कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । २९ बलको समना गरेका उनले चार छक्का प्रहार गरे ।
त्यस्तै, पवन सर्राफले ३७ बलमा ३७ रन बनाए । उनले तीन छक्का प्रहार गरे ।













