काठमाडौँ ।
आज एमाले स्थायी कमिटीको बैठक बस्दैँछ ।
एमालेको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका पाँच प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्दैछ । बैठकले महाधिवेशनको तयारीबारे पनि छलफल गर्नेछ ।
महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधिको पाँच प्रतिशतसम्म मनोनीत गरिने तयारी छ ।महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ । एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने तयारी छ ।
नयाँ नेतृत्व चयनका लागि यही मङ्सिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ ।