चितवनबाट प्रचण्डको घोषणा : ‘विद्रोहमा उत्रिन तयार छौँ’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोहको झण्डा उठाउन तयार रहेको घोषणा गरेका छन् ।

आफुहरु केही समय सुस्ताएको भन्दै फेरि जागेको बताउँदै विद्रोहको लागि माओवादी तयार रहेको बताएका हुन् । चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी मात्रै परिवर्तनको बाहक भएकाले आफूहरु फेरि विद्रोहमा उत्रिने बताएका हुन् ।

प्रचण्डले प्रधानमन्त्री, राष्ट्रपति जोसुके भएपनि राजनीति माओवादी केन्द्रको वरिपरि नै रहेको जनतामा सन्देश फैलाउन कार्यकर्तालाई निर्देशन दिए।

  • ६ मंसिर २०७८, सोमबार १०:१६ प्रकाशित