पार्टीमा सक्रिय रहेर राजनीति गर्नेहरु हार्न थाले : २१ वर्षीय पूजा निर्वाचित भइन कांग्रेसको महाधिवेशन प्रतिनिधि

केन्द्रभाग मिडिया

काठमाडौं ।
पछिल्लो समय पार्टीमा सक्रिय रहेकाहरु हार्न थालेका छन । युवाहरु राजनीतिमा होमिएर उम्मेदवारी दिन थालेपछि लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहनेहरु हारेका हुन् । नेपाली काँग्रेसमा अहिले युवा आर्कषण देखिएको छ ।

१४ औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा युवाहरुले जित्न थालेका छन् । बागलुङमा एक १८ वर्षीय युवती उषा सापकोटा भारी मतसहित प्रतिनिधि छनोट भएको समाचार प्रकाशन भएको थियो ।

यसको साथै उता सोलुखुम्बुमा पनि एक २१ वर्षीया युवती महाधिवेशन प्रनिधि निर्वाचित भएकी छिन् । हिजो भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट २१ वर्षीया पूजा फुयाल पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्। फुयालले ४०३ मत ल्याएकी थिइन्।

उनी खसआर्य महिलातर्फ उम्मेदवार बनेकी थिइन्। उनीजस्तै उक्त पदमा प्रतिस्पर्धा गरेकी टंकीमाया बस्नेतले पनि ४०३ मत नै ल्याइन्। एक पदका लागि भएको निर्वाचनमा उम्मेदवारबीच बराबर मत आएपछि गोलाप्रथा गर्दा पूजाले बाजी मारिन्।

कांग्रेसको निर्वाचन निर्देशिकामा उम्मेदवारबीच मत बराबर भएको खण्डमा गोला प्रथाबाट टुंगो लगाउने उल्लेख छ।पूजालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बधाई दिएका छन्। पार्टीमा युवाको बढ्दो लहर देखिएको शर्माको भनाइ छ।

  • ६ मंसिर २०७८, सोमबार ०९:४९ प्रकाशित