ओलीलाई टक्कर दिदैँ भीम रावलले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी ओलीलाई टक्कर दिदैँ अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । रावलले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीको आसन्न दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यससँगै अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच भिडन्त हुने पक्का भएको छ।

रावलले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न नदिएको भन्दै गुनासो समेत गरेका छन् । थापाथलीस्थित पार्टी कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको भए पनि । पार्टी महासचिवले महाधिवेशनका कारण कुनै पनि कक्ष खाली नभएको बताएपछि बाहिर पत्रकार सम्मेलन गर्नु परेको उनले बताए ।

एमालेको दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।

  • ५ मंसिर २०७८, आईतवार १५:५३ प्रकाशित