केपी ओली कप टी-२० क्रिकेटको उपाधिका लागि आज आर्मी र मधेश प्रदेश भिड्ने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा जारी केपी ओली कप टी–२० क्रीकेट प्रतियोगिताको उपाधीका लागि आज (शुक्रबार) त्रिभुवन आर्मी क्लव र मधेस प्रदेश भिड्ने भएका छन् ।

जारी प्रतियोगितामा हिजो (विहिबार) भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको हो भने अत्यन्तै रोमाञ्चक दोस्रो सेमिफाइनलमा अर्काे विभागीय टोली एपीएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेशले उपाधीका लागि आर्मीसँगको भिडन्त पक्का गरेको हो ।

प्रतियोगिताको फाइनल खेल बिहान ११ बजेपछि हुने आयोजकले जनाएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा पोखरा रंगशालामा आयोजित प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

  • १५ मंसिर २०८०, शुक्रबार ०७:०७ प्रकाशित