काठमाठौं ।
तिहारको ४ दिनमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सुनको कारोबार भएको व्यवसायीहरुले बताएका छन् ।मंसिरको बिहेको लगन तथा धनतेरस पर्वमा सुनको कारोबारमा उल्लेख्य सुधार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष मणिकरत्न शाक्यले तिहारको ४ दिनमा १३५ किलो सुन बिmक्री भएको बताए । जसको बजार मूल्य एक अर्ब ३२ करोड ७९ लाख ९५ हजार रुपैयाँ बराबर हुन्छ ।
अध्यक्ष शाक्यकाअनुसार तिहारको ४ दिन औषत ३५ किलोका दरले छापावल सुनको बिक्री भएको थियो । यस्तै धन्तेरसको दिन भने एकै दिन ५० किलो सुन बिक्री भएको अध्यक्ष शाक्यले बताए ।
धनतेरसका दिन सुन बिक्री मूल्य एक लाख १४ हजार ७ सय रुपैयाँ थियो । बजारमा यस अघि बिक्री नभएर बैंकहरुमा रहेको सुन तिहारमा खपत भएको महासंघले जनाएको छ । सरकारले अहिले दैनिक २० किलो सुन आयात गर्न अनुमति दिएको छ ।














