कानुन व्यवसायी र प्रहरीबीच आज पनि घम्साघम्सी

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालत परिसरमा पछिल्लो समय रडाको मच्चिरहेको छ । आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच दिनदिनै झडपको स्थिती आइरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर शमसेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच आज पनि धकेलाधकेल भएको छ।

काठमाडौं उपत्यकाका सबै अदालतस्थित बार एकाइका कानुन व्यवसायीको संलग्नतामा सर्वोच्च परिसरमा भेला भएका कानुन व्यवसायीमाथि प्रहरीले धरपकड गरेको हो।

घरपकडमा वकिल लक्ष्मी पोखरेल लगायतलाई चोट लागेको वारका प्रतिनिधिहरुले बताएका छन् । यसअघि हिजो भएको झडपमा बारका अध्यक्षसहित दर्जनौँ घाइते भएका थिए ।

आ–आफ्ना एकाईका ब्यानरसहित शुक्रबार बारको केन्द्रीय कार्यालय अगाडि जम्मा भएका वकिललाई प्रहरीले रोक्न खोज्दा धकेलाधकेल भएको हो।

  • ३ मंसिर २०७८, शुक्रबार १२:३८ प्रकाशित