गोरखामा घरमा आगो लाग्दा आमाछोराको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

गोरखामा घरमा आगो लाग्दा जलेर आमाछोराको ज्यान गएको छ ।

धार्चे गाउँपालिका १ हुल्चुकमा शनिबार राति घरमा लागेको आगलागीमा परेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।आगलागीमा परी ७८ वर्षकी आमा कान्छी गुरुङ र ५३ वर्षका छोरा चनारसिं गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।

घर पूर्ण रुपमा जलेर सकिएको छ । जाडोको समयमा आगो ताप्दै घरभित्र सुत्ने उत्तरी गोरखामा धेरैको चलन छ । उनीहरु पनि आगो ताप्ने क्रममा घटना भएको हुनसक्ने बताइएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • २६ कार्तिक २०८०, आईतवार १४:४४ प्रकाशित