पोखरा ९ नयाँबजारस्थित गणेश मार्गमा फुटपाथ निर्माण

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ९ शिव गणेश मार्गमा फुटपाथ निर्माण भएको छ ।

पोखरा हार्डवयर एशोसिएशन कास्की तथा शिव गणेश मार्ग फुटपाथ निर्माण उपभोक्ता समितीको सहकार्यमा निर्माण भएको फुटपाथको आज एक समारोहको बीच समुद्घाटन भएको हो । फुटपाथको कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष दिपेन्द्र मर्सानीले शिला अनावरत र बुटिकमा जल सेचन गरेर उद्घाटन गरेका थिए ।

वडाको १५ लाख र स्थानीयको ३ लाख १५ हजार रुपैयाँको सहयोगमा १३५ मिटर लम्बाई ६ मिटर चाडाईमा फुटपाथ निर्माण भएको शिव गणेश मार्ग फुटपाथ निर्माण उपभोक्ता समितिका अध्यक्ष तीर्थ बस्नेतले कार्यक्रममा जानकारी दिए ।फुटपाथ छेउमा हरित वातावरणलाई जोगाउने उद्देश्यले ८० वटा विभिन्न रुखका विरुवा लगाइएको बस्नेतले बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष मर्सानीले निजी क्षेत्रले गरेको यो कार्य सरानीय रहेको बताए । निजी क्षेत्रले गर्ने यस्ता सामाजिक र सौन्दर्यकरणको कार्यमा वडाले सक्दो सहयोग गर्ने मर्सानीले प्रतिवद्धता जनाए ।मर्सानीले छिट्टै शिवमार्गमा प्रवेशद्धवार राख्ने पनि बताएका छन् ।

स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यबिना उपलब्धि हासिल हुन नसक्ने बताउँदै दुवै बिच सहकार्य र सौहार्द सम्बन्ध रहेको विकासका काम सम्भव हुने उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि पवन प्रजापतिको भनाई थियो ।

शिव मार्ग परिसरमै पश्चिमाञ्चल क्षेत्रीय संग्रालय भएका कारण पर्यटकको पनि आर्कषणको क्षेत्र भएकाले सो आसपास गरिने सौन्दर्यकरणको कार्यले महत्व राख्ने भएकाले पनि फुटपाथको परिकल्पना गरिएको समितिका अध्यक्ष तीर्थ बस्नेतले बताए ।

फुटपाथको परिकल्पना भने फुटपाथ तथा चौतारो निर्माण उपभोक्ता समितिका उपाध्यक्ष रामचन्द्र थापाले गरेको कार्यक्रममा बताइएको थियो ।कार्यक्रममा फुटपाथ निर्माणका क्रममा सहयोग गर्ने दाताहरु मानकाजी माकाजु, समिर गुरुङ्ग, हिरा घले, दिपक पौडेल र रंग उपलब्ध गराउने योरर्स ट्रेडर्स कन्र्सनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा समितिका अध्यक्ष तीर्थ बस्नेतले स्वागत, सदस्य महेश पराजुलीले शुभकामना मन्त्व्य राखेका थिए भने सहभागीहरुलाई सदस्य अर्जुन बन्जाराले धन्यवाद ज्ञापन गरेका थिए ।

हार्डवयर एशोसिएसन कास्कीका अध्यक्ष पृथ्वीराज तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कृष्णप्रसाद कोइरालाले गरेका थिए ।

  • २४ कार्तिक २०८०, शुक्रबार ११:१० प्रकाशित