काठमाडौं ।
सरकारले राष्ट्रिय सभा चुनावको मिति तय गरेको छ । राष्ट्रिय सभा चुनाव माघ १२ गते गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । यसअघि माघ ८ गते निर्वाचन गर्न प्रस्ताव भएको थियो ।
राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ। फागुन २० मा उनीहरूको पदावधि सकिने भएको हो। पदावधि सकिनुअघि नै ती पदमा चुनाव गरिसक्नुपर्ने हुन्छ।
राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै उक्त पदका लागि निर्वाचन गर्ने व्यवस्था छ।