महोत्तरीबाट ५ किशोरी वेपत्ता

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

महोत्तरीबाट पाँचजना किशोरी वेपत्ता भएका छन् । महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएका हुन् ।

गत मंगलबार दिउँसो साढे ११ बजेदेखि उनीहरु एकैसाथ घरबाट निस्केको तर फर्केर नआएको जानकारी आएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।प्रहरीको अनुसार उनीहरु घरबाट निस्केर कतै कुनै कामका लागि गएको हुनसक्ने अनुमान छ ।

पाँचै जना किशोरी योजना बनाएरै निस्केको हुनसक्ने प्रहरीको अनुमान छ । तर उनीहरु कुन लोकेसनमा छन् भन्ने थाहा हुन नसकेको र खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

  • २३ कार्तिक २०८०, बिहीबार ०९:२० प्रकाशित