एटिएम मेशिन फोड्दै गरेको अवस्थामा पोखराबाट भारतीय युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा एटिएम मेसिन फोड्दै गरेको अवस्थामा भारतीय युवक पक्राउ परेका छन् ।

आज बिहान पोखरा महानगरपालिका ८ सभागृहचोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोड्दै गरेको अवस्थामा भारतको बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पंचायत ग्राम ढांका बजार घर भई हाल पोखरा ९ नयाँबजार बस्दै आएका बबि ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रकाउ परेका २० वर्षीय ठाकुरले पोखरा महानगरपालिका ९ नयाँबजारमा शैलुन पसल सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

प्रकाउ परेका ठाकुरको साथबाट प्रहरीले फलामको रड, पेचकस, कपाल काट्ने कैची १र१ थान र ढुङ्गा बरामद गरेको छ । ठाकुरलाई जिल्ला अदालत कास्कीबाट चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  • २२ कार्तिक २०८०, बुधबार १५:०१ प्रकाशित