पोखरा ।
अनुमति नलिई उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई अनुमति लिन पोखरा पठाइएको मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोज पाण्डेले जानकारी दिए ।
पाण्डेको अनुसार उनीहरुसँग अनुमति पत्र भएकाले सशस्त्रले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको हो । र उनीहरुलाई पोखरा फर्काइदिएको पाण्डेले जानकारी दिएका छन् । अध्यागमनबाट भ्रमण अनुमति लिएर मात्रै त्यहाँ जान पाइन्छ ।
उनीहरूलाई नेचुङ स्थित वीओपीमा प्रहरीले नियन्त्रणमा लिएको हो ।














