पोखरा ।
पोखराको मानवअधिकार चोकबाट ६ जुवाडे पक्राउ परेका छन् ।
मानव अधिकार चोक स्थित प्रिन्सीका किराना पसलमा जुवाँ खेलिरहेका उनीहरु हिजो साँझ ७ बजेर १० मिनेटको समयमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर१५ रामबजार बस्ने वर्ष ३२ का यम बहादुर गुरुङ(गुरुङ पसल सञ्चालक हुन् ), वडा नम्बर १० फुलबारी बस्ने वर्ष ३५ का भोज बहादुर गुरुङ, रामबजार बस्ने वर्ष ३२ का गुमान गुरुङ, बगर बस्ने वर्ष ४८ का ज्योतिन्द्र बि क,पोखरा महानगरपालिका १५ फलेपाटन बस्ने वर्ष ५० का बम बहादुर पुन र घारीपाटन बस्ने वर्ष ४० की शान्ती गुरुङ रहेका छन्।
उनीहरुको साथबाट नगद ४६ हजार ९ सय ७५ र तास बरामद भएको प्रहरीले जनाएको छ । पसल संचालक सहित उनीहरू माथि जुवा सम्बन्धी मुद्दामा दिन ७ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले बताएको छ ।














