आईसीसी टी–२० विश्वकप छनोट

यूएई द्वारा नेपाल सामु १३५ रनको चुनौती

केन्द्रभाग मिडिया

पोखरा ।

आईसीसी टी–२० विश्वकप एसिया छनोटफाइनलअन्तर्गत  सेमिफाइनलमा यूएईले नेपाललाई १३५ रनको तार्गेट दिएको छ ।

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यूएईले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३४ रन जोडेको हो ।

नेपालका लागि कुशल मल्लले तीन विकेट लिए। सन्दीप लामिछानेको नाममा २ विकेट रह्यो। सोमपाल कामी र रोहित पौडेलको नाममा एक(एक विकेट रह्यो ।

कुशलले ३ ओभरमा मात्र ११ रन खर्चे। सन्दीपले ४ ओभरमा १ मेडन राख्दै मात्र १४ रन खर्चे । यूएईका लागि सर्वाधिक ६४ रन बनाएका वृत्या अरविन्द कुशल मल्लको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। वृत्याले ५१ बलमा ८ चौका र २ छक्का हाने। आयन अफ्जल खान १ रनमा क्याच आउट भए ।

कप्तान रोहित पौडेलले १६ औं ओभरको पाँचौ बलमा अलि अमिर नसिरलाई ४ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।

आलिसान सराफु १६ रन बनाउँदा कुशल मल्लको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। सन्दीप लामिछानेले १० औं ओभरको अन्तिम बलमा आशिफ खानलाई १३ रन बनाउँदा एलबीडब्लु धरापमा पारे ।

सोमपाल कामीले चौथो ओभरमा एक विकेट र एक रन आउट गर्दै यूएईका दुवै ओपनरलाई पवेलियन फर्काए । सोमपालले चौथो ओभरको पहिलो खालिद शाहलाई ३ रनमा रन आउट गराए । त्यही ओभरको चौथो बलमा सोमपालले अर्का ओपनर तथा कप्तान मुहम्मद वसिमलाई करण केसीको हातबाट क्याच आउट गराए। १६ बलमा ३ चौका र २ छक्का हानेका वसिम २६ रनमा क्याच आउट भए ।

बसिल हमिद १ रन बनाउँदा सन्दीप लामिछानेको बलमा गुल्सन झा को हातबाट क्याच आउट हुन पुगे । सन्दीपले १८ औं ओभरमा मेडन विकेट लिए ।

  • १७ कार्तिक २०८०, शुक्रबार १२:४५ प्रकाशित