पोखराका प्याराग्लाइडिङ पाईलटहरूको मापसे चेक

केन्द्रभाग मिडिया

पोखरामा प्याराग्लाइडिङ पाईलटहरुको मापसे चेक गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीले हिजो (बिहीबार) सम्भावित दुर्घटना न्यूनिकरणका लागि मापसे जाँच गरिएको जानकारी दिएको छ ।

पामे स्थितमा प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा वडा प्रहरी कार्यालय बैदामको आयोजनामा प्याराग्लाइडिङ पाईलटहरूले मादक पदार्थ सेवन गरेरनगरेको सम्बन्धमा चेक जाँच गरिएको प्रहरीले जनाएको छ ।

जाँचको क्रममा पाइलट कसैले पनि मापसे गरेको नपाइएको प्रहरीले बताएको छ ।मापसे चेकजाँच पछि अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो।

  • १७ कार्तिक २०८०, शुक्रबार ०९:५४ प्रकाशित