गोरखामा बढी भाडा लिएको भन्दै टिकट काउण्टरमा स्थानीयको ताला

केन्द्रभाग मिडिया

गोरखा ।

बढी भाडा लिएको भन्दै स्थानीय युवाले गोरखा दरौदी यातायात कम्पनीको भच्चेकस्थित टिकट काउण्टरमा ताला लगाएका छन् ।

तोकिएको भन्दा बढी भाडा नलिन आग्रह गर्दा यातायात व्यवसायीले अभद्र व्यवहार गरेपछि ताला लगाइएको स्थानीयले बताएका छन् । ठाकुर अम्गाईंले बताए ।

भच्चेकदेखि काठमाडौसम्म ८७० रुपैयाँ भाडा रहेकोमा गाडीवालाहरुले एक हजारका दरले भाडा लिएपछि ताला लगाइएको स्थानीयले बताएका छन् । प्रशासनले निर्धारण गरेको भाडादर कायम गर्न पटक पटक आग्रह गर्दा समेत यातायात व्यवसायीले अटेर गर्दै आएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले बताए ।

प्रालिका अध्यक्ष नारायण खत्रीले क्यू मा रहेको गाडीले बढी भाडा नलिएको बताए ।

  • १६ कार्तिक २०८०, बिहीबार १५:४५ प्रकाशित