आजबाट सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारी कार्यालयहरू आजबाट अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका छन् ।सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो ।

चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ ।

  • १६ कार्तिक २०८०, बिहीबार १०:५३ प्रकाशित