आरोहणका लागि बन्द हिमालहरू खुलाउनुपर्छ : राष्ट्रपति पौडेल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गरेका छन् ।

बुधवार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले नेपालमा आरोहणका लागि खुला नगरिएका हिमश्रृंखलाहरु खुलाउन जरुरी रहेको बताए । उनले आरोहणका लागि नखुलाइएका हिमालहरू खुलाउन हिमालको व्यवस्थापन र प्रर्वद्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन सुझाव दिए ।

जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि संघले आफ्नो तर्फबाट गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताए । उनले पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न आवश्यक रहेको बताए । उनले हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई हमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले संघले पर्वतीय पर्यटनको क्षेत्रमा खेलेको भुमिका सह्रानिय रहेको बताए ।

  • १५ कार्तिक २०८०, बुधबार १५:२१ प्रकाशित