टी-२० विश्वकप छनोट

नेपाल आज मलेसियासँग खेल्दै

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

घरेलु मैदानमा सोमबारदेखि सुरु भएको पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले आज मलेसियासँग खेल्ने भएको हो । आज पनि नेपाल मलेसियालाई हराउँदै सेमिफाइनल प्रवेश गर्ने लक्ष्य सहित मैदानमा उत्रिने भएको छ ।

नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।नेपालको नजर जितका साथै नेट रनरेटमा पनि हुनेछ । ८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट हुने प्रावधान छ ।

मंगलबार कुल चार खेल हुनेछ । ओमान र सिंगापुरबीचको खेल टीयू मैदानमै बिहान ९ बजे सुरु हुनेछ । यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल मुलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ । मुलपानी मैदानमै यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

  • १४ कार्तिक २०८०, मंगलवार ०९:०३ प्रकाशित