मुगु ।
जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी लगिएको छ ।
छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए ।
मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उनले चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी लगिएको र आज शव परीक्षण हुने बताए ।चारैजनाको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।













