गुल्मीमा डोजरको ठक्करबाट ९२ वर्षका वृद्धको ज्यान गयो

केन्द्रभाग मिडिया

गुल्मीको रेसुंगामा डोजरको ठक्करबाट ९२ वर्षका एक वृद्धको ज्यान गएको छ।

बुधबार रेसुंगा नगरपालिका १४ का ९२ वर्षीय कृष्णबहादुर सुनारको लु १ क ५०२४ नम्बरको डोजरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

सडकमा पैदल हिँडिरहेको बेला सुनारलाई डोजरले ठक्कर दिँदा उनको घटना स्थलमै ज्यान गएको हो । पाल्पाको माथागढी गाउँपालिका-७ रतवास घर भएका डोजर चालक कृष्णबहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ।

  • २ कार्तिक २०८०, बिहीबार १०:१० प्रकाशित