दार्चुला ।
दार्चुला प्रहरीले बझाङका दुई जनालाई एक किलो ६ सय ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा बझाङ जिल्ला बुंगल नगरपालिका७ का ३६ वर्षीय उज्ज्वल बोहरा र २८ वर्षीय राम बहादुर बोहरा छन् ।
बुधबार उनीहरूलाई मालिकार्जुन गाउँपालिका–८ पस्तिबाटपक्राउ गरिएको सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित पक्राउ गरेको हो ।














